आगामी वैशाखमा चीनको गुइलिनमा नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम हुने



काठमाडौँ । चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल–चीन सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना हुने भएको छ ।

चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशनल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुलसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कम्पनीका अध्यक्ष सत्यकला तामाङ लामाले नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायत सहभागी हुने जानकारी दिइन् ।

“आगामी वैशाख २८ गते चीनको गुइलिनमा दुईदेशीय सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिनेछ । यसले द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउनुका साथै पर्यटन क्षेत्रमा सहकार्य बढ्ने विश्वास लिएका छौँ”, अध्यक्ष तामाङले भनिन् ।

कार्यक्रममा नेपाल र चीनका मौलिक गीत, नृत्य प्रस्तुत गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धन गरिने कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले बताए ।

उनले त्यस अवसरमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा योगदान गरेका व्यक्तिलाई पुरस्कृत गरिने जानकारी दिए ।

‘कोरियोग्राफर’ कमल राईले चीनको गुइलिनमा राई, लिम्बू, गुरुङ, थारुलगायत पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका वेशभूषा र संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओखलढुङ्गामा चट्याङ लागेर दुईजना घाइते

ओखलढुङ्गा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ डल्लीडाँडामा चट्याङ लागेर दुई जना घाइते भएका छन्

भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

काठमाडौँ । कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ । नेपाल

अन्तरदेशीय प्रसारण लाइन निर्माण कम्पनी स्थापनाका लागि सम्झौताको मस्यौदा तयार गरिँदै

काठमाडौं। नेपाल–भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि दुवै देश सम्मिलित कम्पनी स्थापना गर्न

पाँचथरको फालेलुङमा आयोजित चौंरी महोत्सव(फोटोफिचर)

पाँचथर । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५०