सुरु भयो सेतो मछिन्द्रनाथको रथयात्रा(फोटोफिचर)
काठमाडौं । सेतो मछिन्द्रनाथको रथयात्रा शुरु भएको छ । शनिबारदेखि मत्स्येन्द्र बहालदेखि शुरु भएको रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुगेको छ ।
सेतो मछिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो ।
काठमाडौं उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । अन्तिम दिन लगनटोलस्थित मत्स्येन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराउने प्रचलन छ ।
त्यसपछि रथयात्रा सम्पन्न हुन्छ । सेतो मछिन्द्रनाथको रथ मच्छिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ ।