जाजरकोट भूकम्पमा आठजना घाइते



काठमाडौं। जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुई वटा भूकम्पमा परी आठ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार भूकम्पमा परी रुकुम पश्चिममा दुई र जाजरकोटमा ६ जना घाइते भएको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जाजरकोट, रुकुमपश्चिम र कालीकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरुमा सामान्य चिरा परेको एवं भवनहरु चर्किएको विवरण आएको जानकारी दिए ।

अधिकांश व्यक्तिहरु बसिरहेका भवन संरचना भत्किएरभन्दा पनि भूकम्प आएको बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हामफाल्दा, असावधानीपूर्वक घरबाहिर अत्तालिएर भाग्न खोज्दा घाइते भएका पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज जारी गरेको सूचनामा भनिएको छ, “भूकम्प गएको बेला वरपरको स्थिति समेत विचार गर्दै सावधानीपूर्वक सुरक्षित स्थानमा जान, अब उप्रान्त भवन संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी हुने गरी बनाउन एवं भूकम्पीय सुरक्षाको दृष्टिकोणबाट पालना गर्नुपर्ने नियमहरुको अनुशासनपूर्वक पालना गर्न सबैमा प्राधिकरण विशेष अनुरोध गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हतियार सफा गर्ने क्रममा गोली लागेर चितवनमा एक सैनिक जवानको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको

म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाको टोली स्वदेश फिर्ता

काठमाडौं । म्यानमारमा विनाशकारी भूकम्पमा परि परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली

तिनकुने घटनाको निष्पक्ष छानबिन गर्न मानव अधिकार आयोग समक्ष पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले तिनकुने हिंसात्मक घटनामा पत्रकार सुरेश रजकको जलाएर हत्या

वर्ष समीक्षा २०८१ः ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म

काठमाडौँ । कोभिड–१९ महामारियता निरन्तर मन्दी झेलिरहेको नेपालको अर्थतन्त्रमा यसवर्ष केही सुधारका सङ्केत