आन्दोलनरत शिक्षकका माग प्रति सरकार सकारात्मक, वार्तामा आउन आग्रह



काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । बुधबारदेखि शिक्षकहरुले काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन सुरु गरेका थिए भने आज पनि प्रदर्शन गरिरहेका छन् ।

राजधानी केन्द्रित आन्दोलन गर्न देशभरबाट शिक्षकहरू काठमाडौं आएका छन् । उनीहरूले सरकारले विगतमा आफूहरूसँग गरेको सहमतिअनुसार काम नगरेकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी

पाल्पामा डढेलोले सात सय ११ हेक्टर वन क्षेत्र नष्ट

पाल्पा । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न

रुपन्देहीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते

लुम्बिनी । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक

वायु प्रदूषणले नेपालीको औषत आयु घटाउँदै

काठमाडौँ । वातावरणसँग सम्बन्धित विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणबारे चिन्ता