२० जनालाई गोली ठोक्ने सरकार गणतान्त्रिक हुनै सक्दैन



-डा. गोविदशरण उपाध्याय ।
अब बोल्नै पर्यो । बोल्न र लेख्न डर लागिरहेको छ । तर लेख्छु, बोल्छु । २० जनालाई गोली ठोक्ने सरकार गणतान्त्रिक हुनै सक्दैन । तीनजनालाई मार्ने सरकार जनताको हुनै सक्दैन । २०-२० जनालाई गोली लाग्दा, समाचार लेख्न नसक्ने पत्रकारिता हुनै सक्दैन । हिंसा गर्नेहरू गलत छन् तर सरकारले चलाएका ५८ वटा जिउदा गोलीहरू सरकारी आतंक हुन् भन्न नसक्ने मिडिया, मानवाधिकारवादीहरू, नागरिक समाजका व्यक्तिहरू निश्चय नै दयाका पात्र हुन् वा राजा र हिन्दुहरूको विरोध गर्ने नाममा गणतन्त्रका निरीह, निर्जीव तथा सत्य बोल्न, सुन्न र देख्न नसक्ने असाधारण नागरिक हुन् । राज्य संचालकहरूको एतिविध्न असहिष्णु चरित्र राजाका नाममा हिन्दू फोबियाबाट पीडित भएको झल्को दिन्छ । नेपालको ८१% जनसंख्यासंग घृणा गर्नेहरूको मतियार बनाउँछ ।

राजावादी हुनु कुनै अपराध होइन । हिन्दू राष्ट्रको कुरा गर्नु कुनै अपराध होइन । हिन्दू राष्ट्रको सपना देख्नु एउटा हिन्दुको लागि प्राकृतिक कुरा हो । साथै राजा यो देशको इतिहास हो । इतिहासलाई माया गर्ने धेरै हुन्छन् । राजाको विरोध गर्न पाइन्छ । राजाको समर्थन गर्न पाइन्छ । ४ हजार मान्छेको भीड (सरकारीका प्रवक्ताले बोलेअनुसार) समाल्न नसक्ने गणतन्त्रले आफ्नो आयु तोकिसक्यो ।

लोकतान्त्रिक पद्यतिमा पक्षविपक्ष हुन्छ । नेपाली राजनीतिमा पक्ष–विपक्ष नै छैन । आफुले गरेका जघन्य अपराधलाई मलजल गर्ने, अर्काले राजा र हिन्दू राष्ट्रको नाम लिंदासाथ गोली ठोक्ने ? गोलीको कुनै बुद्धि हुँदैन, चेतना हुँदैन । यही गोली आफ्नो कन्चटमा पर्न सक्छ भनेर हेक्का राख्नेहरूले गोलीको व्यापार गर्दैनन् । सरकार र गणतन्त्रका नाममा आफ्नो पत्रकारिता तथा निष्पक्षता बेच्नेहरूसँग जनताको कुनै आशा रहन्न । आफूले डेलिभर गर्न नसकेको कुरा अस्वीकार गर्नेहरू इल–माइन्ड हुन् । हिन्दू–फोबिया र राजा फोबियाबाट ग्रस्त मनोरोगी हुन् ।

पार्टीका झोलेहरू पुलिस, पत्रकार, व्यापारी भएको देशमा न्यायको कल्पना गर्न सकिन्न । झोलेहरूको सिन्डिकेट चल्छ । मृत्युलाई राजनैतिक आँखाले हेर्नेहरू झोले हुन् । अपराध जसले गरे पनि अपराध नै हुन्छ । आन्दोलनका नाममा अपराध गर्नेहरू पनि अपराधी हुन् भने आन्दोलनमा आएका व्यक्तिहरूमा ५८ वटा गोली ठोक्न आदेश दिनेहरू पनि अपराधिक मनोवृत्तिका मतियार हुन् ।

जेलनेल र आन्दोलनबाट खारिएका नेताहरूबाट जनताले यस्तो उम्मीद गरेका थिएनन् । न्याय, पत्रकारिता, मानवअधिकारआदि ‘पार्टीका झोले’को सिन्डिकेटमा चल्छ । विद्वान नेतृत्वले यदि समयमा आफुलाई सुधार्न सकेनन् भने, जनताको चाहनालाई देलिभर गर्न सकेनन् भने गणतन्त्र असफल हुन्छ । लोकतान्त्रिक व्यबस्था असफल हुन्छ । जेलनेल. लोकतन्त्र, समाजवाद, प्रगतिशीलताको आश्वासन किन पत्याउने ? २०५२ देखि नै नेतृत्व गरिरहेका असफलहरूलाई किन पत्याउने ? सत्ता आफ्नो हातमा लिएर सत्ता टिकाउन नसक्ने राजालाई किन पत्याउने ?

यी गोली ठोक्न आदेश दिनेहरूले बुझ्नुपर्छ–जनतालाई राजतन्त्र, लोकतन्त्र, प्रजातन्त्र जे भए पनि हुन्छ तर सुशासन हुनैपर्छ । जनताप्रति उत्तरदायी सरकार हुनैपर्छ । आजको पुस्ता राजतन्त्र, लोकतन्त्र वा गणतन्त्रका नाममा झोलावादमा विश्वास गर्दैन । श्रीदेउवा ७८, श्रीओली ७२ र श्रीदाहाल ७० वर्षको उमेर पार गर्दैगर्दा अव असल काम डेलिभर गरेर संयुक्त रूपमा नेपाल बनाउन कसैले रोकेको छैन । गणतन्त्रका नाममा जनतालाई मुर्ख बनाउने काम नगर ।

राजा र हिन्दूहरूसंग एतिविध्न घृणा त सायद मुगलहरूमा सबैभन्दा कठोर र क्रूर शासकका रूपमा परिचित औरंगजेवले पनि गरेको थिएन हो । सुन्दर लोकतान्त्रिक पद्यतिको मृत्यु असुन्दर, अनुदार तथा घृणावादी लोकतन्त्रका उग्रसमर्थकबाट हुन्छ । मिडियाहरूका शीर्षक पढेर नै धेरै कुरा बुझ्न सकिन्छ ! नभएका राजा विरुद्ध आन्दोलनमा आन्दोलन गर्न उक्साउनेहरू राजा–फोबियाग्रस्त छन् । सत्तामा नभएको राजासँग स्यालझैं डराउने डरपोक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वायु प्रदूषणले नेपालीको औषत आयु घटाउँदै

काठमाडौँ । वातावरणसँग सम्बन्धित विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणबारे चिन्ता

पोखराबाट अन्तर्राष्ट्रिय उडानका सम्भावना बढ्यो

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको

नेपाल र भारतका सर्वोच्च अदालतबीच न्यायिक क्षेत्रमा सहयोग गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारतको सर्वोच्च अदालतले नेपालको सर्वोच्च अदालतसँग दुई देशबीचको न्यायिक सहयोगको विकास,

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकः डढेलो रोकथाम गर्न निर्देशन

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आज सम्पन्न १७ औँ