शुक्रबारको आन्दोलनमा लुटेराहरुसँग प्रतिकार गर्ने भाटभटेनीका सुरक्षा गार्ड पुरस्कृत



काठमाडौँ । गत शुक्रबार कोटेश्वरस्थित भाटभटेनीमा लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा भाटभटेनीले पराजुलीलाई नगदसहित सम्मान गरेको हो । त्यस्तै कार्यक्रममा अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ सहित सम्मान गरिएको छ । यसैगरी सोही बेला ड्युटीमा अर्का थप दुई जनालाई पनि २५ हजारका दरले सम्मान गरेको छ ।

यसैगरी कमर्चारीहरुलाई सम्मान गरिएको थियो । सुपरमार्केटमा अध्यक्ष मीनबहादुर गुरुङले पुरस्कारसहित उनीहरुलाई सम्मान गरेका हुन् ।

पुरस्कृत पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको प्रतिकार अहिले सामाजिक सञ्जालमा भाइरल छ । लुटपाट र तोडफोडबाट करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा २९ वटा पुल निर्माण

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको

संक्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन समितिको आग्रह

काठमाडौँ  । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको

आज चैत्र शुक्ल अष्टमी, चैते दसैँ मनाइँदै

काठमाडौं। वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर

बार अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा बृहत्