म्यानमा सरकारलाई मेडिकल उपकरण र औषधिसहित राहत सामग्री उपलब्ध गराउने सरकारको निर्णय



काठमाडौँ । नेपाल सरकारले विभिन्न निकायसँग मौज्दात रहेका तथा निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त मेडिकल उपकरणसहित औषधिलगायत राहत सामग्री म्यानमा सरकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यही चैत १५ गते म्यानमामा गएको शक्तिशाली भूकम्पबाट जनधनको क्षति भएको सन्दर्भमा नेपाल सरकारकोतर्फबाट ती सहयोग सामग्री सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त सामग्री नेपालबाट हवाइजहाजमार्फत म्यारमामा ढुवानी गर्दा लाग्ने रकम अर्थ मन्त्रालयबाट नेपाल वायुसेवा निगमका नाममा निकासा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

उनका अनुसार बैठकले नेपाल सरकारका विभिन्न निकायबाट पठाइने ती सामग्रीको अर्थ मन्त्रालयबाट तत् निकायमा सोधभर्नाका लागि रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

उक्त भूकम्पमा परी घाइते भएकालाई तत्काल उपचार गर्न नेपाल सरकारकातर्फबाट नेपाली सेनाको चिकित्सक टोली नेपाली सेनाकै जहाज प्रयोग गरी पठाउने निर्णय भएको पनि उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई विश्वप्रकाशको चुनौती

झापा ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था

रवि लामिछानेको अन्तिम इच्छाबारे यसो भन्छन् सांसद हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले रवि लामिछानेको इच्छाबारे बताएका छन्

चितवनमा रविलाई बोल्न नदिन नै सिंगो राज्य लागेको प्रमाणित भयोः उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेमाथि गरिएको व्यवहार

जाजरकोट भूकम्पमा आठजना घाइते

काठमाडौं। जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५.२ म्याग्निच्युड र ५.५