तिनकुने घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन पाउँदैनः रास्वपा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत शुक्रबार तिनकुनेमा भएको प्रदर्शनका क्रममा घटित घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले तिनकुने घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन नपाउने बताए ।

‘तिनकुनेको त्यो अराजकता र उदण्डताको हामी विरोध जनाउँछौँ । तर यसमा कुनै एउटा पक्षमात्र जिम्मेवार छैनन्’,उनले भने, ‘ज्यान गुमाएका युवा सविन महर्जनलाई पछाडिबाट गोली हानेको भिडियो बाहिरिएका छन् । उनी भागेका पनि थिएनन्, ढुङ्गा हानिरहेका थिएनन् । पत्रकार सुरेश रजकको मृत्यु पनि शङ्कास्पद छ । यो घटनामा उच्चस्तरीय छानबिन आयोगको माग गर्दछौँ ।’

सांसद झाले सदन शालिन, भद्र र संसदीय प्रणालीअन्तर्गत सदन चलोस् भन्ने चाहेको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि….

गण्डकी । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी ।  मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास–रिडी सडक एक महिनासम्म बन्द हुने

रवि लामिछानेको अन्तिम इच्छाबारे यसो भन्छन् सांसद हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले रवि लामिछानेको इच्छाबारे बताएका छन्

चितवनमा रविलाई बोल्न नदिन नै सिंगो राज्य लागेको प्रमाणित भयोः उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेमाथि गरिएको व्यवहार