कुलमानको रिटको पेसी प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीको संयुक्त इजलासमा



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिएका कुलमान घिसिङको मुद्दाको पेसी सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा परेको छ ।

प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासले कुलमानले माग गरेअनुसार अन्तरिम आदेश दिने/नदिने भन्नेबारे आदेश दिनेछ ।

यसअघि गत शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

घिसिङ र अहिले कार्यकारी निर्देशक नियुक्त हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले सरकारको निर्णय अन्यायपूर्ण रहेको जिकिर गर्दै न्यायिक पुनरावलोकनको माग गरेका छन् । दुबैको मुद्दा यही इजलासले हेर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक

मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मुस्ताङ । मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान । पुराना प्राचीन घरहरू

पाँच वर्षमा पनि सम्पन्न भएन तीनखुट्टे–देवीटार सडक

धुलिखेल ।  काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने सडकखण्ड पाँच वर्षसम्म पनि सम्पन्न