पूर्वराजाले बुझेनन् महानगरको जरिवानाको पत्र, अब हुलाकबाट पठाइने
काठमााडौं । निर्मल निवासले काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न अस्वीकार गरेका छन् ।
आइतबार बिहान जरिवानाको पत्र लिएर महानगर प्रहरी बलको टोली निर्मल निवास पुगेको थियो । तर पत्र बुझ्न अस्वीकार गरेपछि महानगरको टोली त्यसै फर्किएको छ ।
पत्र बुझ्न नमानेपछि अब हुलाकमार्फत् जरिवानाको पत्र पठाइने महानगरले तयारी गरेको छ । शुक्रबारको राजावादीको हिंसात्मक प्रदर्शनपछि महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने निर्णय गरेको थियो ।
महानगरले विभिन्न नौ शीर्षकमा पूर्वराजा शाहलाई जरिवाना तोकेको थियो । शुक्रबारको राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, तिनकुने, जडीबुटी र सिनामंगल क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोड गर्नुका साथै सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवाना तोकिएको छ ।