पुल सुधार कार्यक्रमका लागि विश्व बैंकद्वारा २० अर्ब ४० करोड स्वीकृत



काठमाडौँ । विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ ।

बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आइतबार स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ ।

नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुलजस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मुस्ताङ । मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान । पुराना प्राचीन घरहरू

पाँच वर्षमा पनि सम्पन्न भएन तीनखुट्टे–देवीटार सडक

धुलिखेल ।  काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने सडकखण्ड पाँच वर्षसम्म पनि सम्पन्न

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ लेखफाँटमा मंगलबार भएको ट्याक्टर दुर्घटनामा