आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै



दमौली । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।

आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो ।

ती सडक रु ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए । भकुण्डी–बरालुङबेँसी सडकका निम्ति स्थानीयले रु एक लाख ६३ हजार ८२४ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।

लाब्दी–घुमाउने सडकमा स्थानीयले रु सात लाख ७५ हजार ६५७ योगदान गरेका उनले जानकारी दिए । यसैगरी आँबु मार्गको स्तरोन्नति रु पाँच लाख ३४ हजार ३८८ को लागतमा जारी छ । यो बाटोमा स्थानीयले रु ५४ हजार ३८८ योगदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु

सोलुखुम्बु । सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान

मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान

काठमाडौं । मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान गरेको

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे

सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा