आईजीपी थापाको निर्देशनः शान्ति सुव्यवस्था कायम राख्न निर्मम हुनु



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले शान्ति सुव्यवस्था कायम राख्न र नागरिकको जीउधनको सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

शनिबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक थापाले आफ्नो क्षेत्रमा कुनैपनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

उनले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन पनि निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम् प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारवाही गर्नुपर्ने उल्लेख गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनले अवैध हातहतियार ओसारपसार, विष्फोटक पदार्थ ओसारपसार, तस्करी एवम् गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा निर्मम ढंगले प्रस्तुत हुनसमेत निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति थियो भने काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू एवम् जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँः थाइ प्रधानमन्त्री शिनावात्रा

बैङ्कक । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले नेपालमा हवाइ र पर्यटनका क्षेत्रमा

स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड निषेधित छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध

लरेन्स विश्नोईको नाममा व्यापारीसँग पाँच करोड भारु फिरौती माग्ने सुर्खेतका रामबहादुर बुढा क्षेत्री पक्राउ

काठमाडौं । भारतीय गुण्डा नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिंदै फिरौती

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी