चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा



काठमाडौँ । घोडे जात्राका अवसरमा ललितपुरस्थित चामुण्डा माई र बालकुमारी माई देवीलाई खटमा राखेर टोल टोलमा घुमाइ एकापसमा मिलन गराएर जात्रा मनाइएको छ । परम्पराअनुसार मंगलबजार क्षेत्रमा पुगेपछि दुवै देवीलाई मिलन गराई पुन:आफ्नै मन्दिरमा राखिने गरिएको छ ।

ललितपुर महानगरपालिका वडा नं ९ र ११ को पहलमा धिमे बाजासहित पूजाआजा गरी विभिन्न रुटमा घुमाएर आज घोडे जात्रा अवसरमा पाटनका स्थानीयले यो जात्रा मनाएका हुन् । स्थानीयलाई रोग व्याधि, भयबाट मुक्त गराउन तथा भौतिक बाधा अड्चन नहोस् भनेर पाटन नगरभित्र लिच्छवीकालदेखि नै यो जात्रा मनाइँदै आएको यस क्षेत्रका स्थानीयले बताएका छन् ।

किंवदन्तीअनुसार दिदी बालकुमारी माईलाई बहिनी चामुण्डा माईले तीन पटक परिक्रमा गरेपछि दुवै देवीलाई पुन:आफ्नै मन्दिरमा राखिने गरिएको चामुण्डा माई जात्रा व्यवस्थापन समितिका सचिव राजेश्वर महर्जनले जानकारी दिए ।

यस क्षेत्रका स्थानीयले भेला भई खानाका परिकार खाएर नाँचगान गरी एक अर्कामा मिलन र खुसी साटासाट गर्दै नायखी बाजाको तालमा देवीको परिक्रमा गराई यो जात्रा मनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आवासीय चिकित्सकलाई सरकारले तोकेको भत्ता दिन श्रोत सुनिश्चित हुनुपर्छः अध्यक्ष कार्की

काठमाडौं । निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह

नयाँदिल्लीपछि काठमाडौं बन्यो उच्च वायु प्रदूषणको दोस्रो सहर

काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ ।

चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

बागलुङ । चैते दसैँ सुरु भएसँगै बागलुङको कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन्

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी