पत्रकार हत्या तथा सञ्चारगृहमा आगजनी गरिएको भन्दै महासंघको विरोध सभा



काठमाडौँ । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासंघ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

विरोध प्रदर्शनमा पत्रकार महासंघका पूर्व अध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँलेलगायतको उपस्थिति रहेको थियो । विरोधका कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपालका नेताहरूले पत्रकार रजकलाई न्याय दिन र उनका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

बदलिएको परिस्थितिका कारण महासंघ स्थापना दिवसका अवसरमा गर्न लागिएका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको महासंघका केन्द्रिय कोषाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार आजै पत्रकार महासंघको उपलब्ध केन्द्रिय सदस्यहरूको आकस्मिक बैठक बसेर थप संघर्षका कार्यक्रम तय गर्ने र सञ्चार तथा सूचनाप्रविधिमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउनेलगायका कार्यक्रम महासंघले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन

नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँः थाइ प्रधानमन्त्री शिनावात्रा

बैङ्कक । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले नेपालमा हवाइ र पर्यटनका क्षेत्रमा

लरेन्स विश्नोईको नाममा व्यापारीसँग पाँच करोड भारु फिरौती माग्ने सुर्खेतका रामबहादुर बुढा क्षेत्री पक्राउ

काठमाडौं । भारतीय गुण्डा नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिंदै फिरौती

सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु

सोलुखुम्बु । सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान