सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न राजावादीहरुको आग्रह
काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले देश आजदेखि संक्रमणकालमा प्रवेश गरेको जनाएको छ ।
समितिका प्रवक्ता स्वागत नेपालले शुक्रबार विज्ञप्ति जारी गरी आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको भन्दै गणतन्त्र कागजमा मात्रै सीमित रहेको जनाएका हुन् । पुरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने समेत समितिले चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको छ । गणतन्त्र कागजमा मात्र सीमित रहेको छ । यस अवस्थालाई हुने निश्चित रहेकोले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरू समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन समेत आह्वान गर्दछौँ ।’