नेपालमा ढलेको शासक फर्किने सम्भावना छैनः महासचिव विप्लव
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सामन्तवादीहरूलाई शासन गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सत्तामा फर्किने सपना नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका हुन् ।
उनले देशमा पूर्वराजा ज्ञानेन्द्रजस्ता शासकको खाँचो नभएको बताए । उनले भने, ‘नेपालमा ढलेको ध्वस्त भएको शासक फर्किने सम्भावना छैन । श्वेत आतंकवादीहरूले आतंक फैलाइरहेका छन् । सामन्तीका भूतहरूले शासन गर्ने सपना नदेखे हुन्छ ।’
उनले संसारभर सार्वभौमिकतामाथि हमला हुँदै आएकाले दलहरू सचेत हुनुपर्ने बताए ।