उपत्यकामा हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन



काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

काठमाडौँका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए ।

उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको उनले बताए ।

उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ । त्यसैगरी राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन् ।

दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्याली जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधरण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली बैंककमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा

कुलमान र हितेन्द्रको रिट हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी

विदेशबाट फर्केर बगरमा तरभुजाखेती

देउखुरी । दाङ लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर २०७५ सालमा नेपाल

प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत

काठमाडौं । सरकारले आगामी पाँच आर्थिक वर्षसम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध