सिरहामा दीपक मल्लिकको घर भत्काएको घटनाको प्रहरीले बुझायो सरकारी वकिललाई प्रतिवेदन



सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दाको ६ दिनमै अनुसन्धान सकाएर प्रहरीले बिहीबार प्रतिवेदन सरकारी वकिललाई बुझाएको हो ।

अनुसन्धान प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतले जानकारी दिए । अध्ययनपछि उक्त प्रतिवेदन अदालतमा अभियोग पत्रका रूपमा दायर गरिने उनले बताए ।

औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका थिए । त्यसपछि चैत १० गते प्रहरीले उनीहरूसँगै बजरङ्गी बाबाविरुद्ध पीडितसँग जाहेरी लिएको थियो ।

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछुत भन्दै महायज्ञस्थलमा रहेको दिपक मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो ।

यसअघि घटनाबारे संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई मन्त्रालय तथा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितलाई प्रहरी प्रधान कार्यालय तानेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिनकुने घटनामा मारिएका पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा

सभामुख घिमिरेद्वारा पाँच वटा विधेयक प्रमाणित

काठमाडौं सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा उत्पत्ति भएका पाँच वटा विधेयक प्रमाणित गरेका छन्

राजावादीको अभियानविरुद्ध काठमाडौंमा एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं । राजावादी अभियानविरुद्ध नेकपा एमालेले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । काठमाडौंको

राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाले पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । सोमबारको