एसइईका परीक्षार्थीले घर फर्किन सवारीसाधन नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्याइदिने
काठमाडौं । काठमाडौं महानरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रबाट फर्किन समस्या भएर खबर गर्न आग्रह गरेको छ ।
काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरभित्र एसइई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध नभए खबर गर्न आग्रह गरेको हो । महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने बताएको छ ।
महानगर प्रहरी बलले बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमा खबर गर्न आग्रह गरेको छ । गणतन्त्रवादी र राजावादी समूहको आज काठमाडौंमा प्रदर्शन रहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको छ ।