काठमाडौं । कंगोमा सशस्त्र समूहको आक्रमणमा परी घाइते भएका ६ जना स्थानीयलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएको चण्डीदल गणले उद्धार गरेर उनीहरूलाई गण हेडक्वार्टरमा रहेको लेभल १ अस्पतालमा पुरयाएको नेपाली सेनाले जनाएको छ ।
त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारको लागि हेलिकप्टरमार्फत बुनियास्थित लेभल २ अस्पताल लगिएको नेपाली सेनाले जानकारी दिएको छ। लोधा आईडीपी क्याम्पमा बस्ने ६ जना स्थानीयमाथि त्यहाँको सशस्त्र समूहले आक्रमण गरेको थियो।
पेशावर । अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी प्रान्त खैबर पख्तुनख्वामा तालिवानविरुद्ध पाकिस्तानी सेनाले गरेको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्। अधिकारीले शुक्रबार राति पाकिस्तानी तालिबानलाई लक्षित गरी ‘तीन ड्रोन आक्रमणमा’ गरिएको बताए ।“हामीले आज बिहान मात्रै थाहा पायौँ कि पीडितमा दुई महिला र तीन बालबालिका…
कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यो घातक घटना नारिनोको दक्षिणी भागमा पर्ने टुमाकोको एक ग्रामीण क्षेत्रको सार्वजनिक प्रतिष्ठानमा भएको सेनाले जनाएको छ । सन् २०१६ मा क्रान्तिकारी सशस्त्र बल फार्क (एफएआरसी) सँग शान्ति सम्झौतामा हस्ताक्षर भएयता यस सशस्त्र समूहबाट बारम्बार…
गाजापट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागहरूमा सहायता ट्रकहरू सुरक्षित गरिरहेका १२ गार्डसहित कम्तीमा ३३ जनाको ज्यान गएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले ध्वस्त क्षेत्रमा तत्काल युद्धविरामको आह्वान गरेको केही घन्टापछि पछिल्लो रक्तपात भएको हो । रफाहमा भएको आक्रमणमा सात र अर्को…