ब्लुक्रस हस्पिटलका संरक्षक डा. खगेन्द्र बहादुर श्रेष्ठको निधन



काठमाडौं । ब्लुक्रस हस्पिटलका संरक्षक डा. खगेन्द्र बहादुर श्रेष्ठको बिहीबार बिहान निधन भएको छ । ८९ वर्षको उमेरमा श्रेष्ठको निधन भएको ब्लुक्रस हस्पिटलले जनाएको छ ।

हस्पिटलले विज्ञप्ति जारी गरी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, हामीलाई यस् दुःखद घडीमा धैर्य धारणा गर्न सक्ने शक्ति प्रदान गर्न भगवानसँग प्रार्थना गर्दछौं । उहाँबाट स्वास्थ्य क्षेत्रमा प्रदान गर्नु भएको अतुलनीय योगदानको सदा सर्बदा उचित सम्मानका साथ युग युगसम्म स्मरण रही रहनेमा हामी पूर्ण विश्वस्त छौं । उहाँले चीर शान्ति तथा बैकुण्ठ बासको धारण गर्नु भएता पनि उहाँ हामीबीच सदा सर्बदा सम्झना स्वरूप रहनुहुनेछ ।’

ललितपुरको कुपन्डोल निवासी डा. श्रेष्ठ पूर्वराजा वीरेन्द्र शाहका शाही चिकित्सकसमेत हुन् । नेपालसहित भारत, बेलायत, अमेरिकाबाट चिकित्साबारे अध्ययन र तालिम लिएका उनी अवकाश प्राप्त जर्नेल समेत हुन् ।

उनले वीरेन्द्र सैनिक अस्पताल, बेलायत र वेल्सका अस्पतालमा सेवा गरेका थिए । श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज कुपण्डोलस्थित निवासमा राख्ने र शुक्रबार अन्तिम संस्कार गर्ने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमान बर्खास्तबारे प्रधानमन्त्रीः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने कारबाही गर्छ

-केपी शर्मा ओली सम्माननीय सभामुख महोदय, १. मित्रराष्ट्र थाइलाण्डको औपचारिक भ्रमण र बिमस्टेक

आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

तुलसीपुर । आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु

थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसदलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर

सर्लाहीका राहुल साहको काठमाडौंमा हत्या गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर बाहुनधारामा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६