हत्या आरोपमा ललितपुरमा एकजना पक्राउ
काठमाडौँ । ललितपुरमा एक युवकको हत्या भएको छ । ललितपुरको इमाडोलस्थित ओचुहाइटमा रामेछापका ३० वर्षीय रिपक खातीको हत्या भएको हो ।
गएराति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् ।