कुलमान बर्खास्त प्रकरणले तात्यो संसद, दोस्रो बैठक पनि अवरुद्ध



काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिए ।

यसअघि सभामुख घिमिरेले पटक–पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरुलाई अनुरोधसहितको रुलिङ गरेका थिए ।

आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलका सांसदहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए ।

उनीहरुले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका थिए । प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्घाखाँचीमा डुबेर दुई जनाको मृत्यु

अर्घाखाँची ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको रहमा शनिबार

त्रिविका उपकुलपति बरालले दिए राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएका छन् । उपकुलपति बरालले

तिनकुने घटनामा संलग्न भएको आरोपमा एकसय ११ जना पक्राउ

काठमाडौँ । काठमाडौँको तिनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा

पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा तिनकुनेमा घटना भएको कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार तिनकुनेमा भएको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने