एन्फाले गणेश थापालाई कारबाहीका लागि अख्तियारलाई पत्राचार गर्ने



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापाविरुद्ध कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

एन्फाको बैठकले थापाले फिफाको निर्देशन उल्लङ्घन गरेको भन्दै विभिन्न निकायमा कारबाहीका लागि पत्राचार गर्ने निर्णय गरेको हो । २०७२ मा फिफाले थापालाई भ्रष्टाचार र घुस काण्डमा संलग्न भएको भन्दै १० वर्षका लागि प्रतिबन्ध लगाएको थियो ।

तर, एन्फाले उनले अझै प्रभाव कायम राख्ने प्रयास गरिरहेको भन्दै कारबाही माग गरेको हो । एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काविरुद्ध पनि छानबिन गर्न पत्राचार गर्ने निर्णय गरेको छ । साथै, पुरुष राष्ट्रिय टोलीका प्रशिक्षकमा म्याट रसलाई नियुक्त गर्ने र साधारणसभा वैशाख २६ गते गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुर सिटी र काठमाडौँ रेजर्स २–२ गोलको बराबरीमा

काठमाडौं । अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट

अर्घाखाँचीमा डुबेर दुई जनाको मृत्यु

अर्घाखाँची ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको रहमा शनिबार

तिनकुने घटनामा संलग्न भएको आरोपमा एकसय ११ जना पक्राउ

काठमाडौँ । काठमाडौँको तिनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा

आईजीपी थापाको निर्देशनः शान्ति सुव्यवस्था कायम राख्न निर्मम हुनु

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले शान्ति सुव्यवस्था कायम राख्न र नागरिकको