भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा



काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।

सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।

सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ ।

सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । सङ्घद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।

सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छभने ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी कार्यकारी निर्देशक मिश्रले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीका राहुल साहको काठमाडौंमा हत्या गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर बाहुनधारामा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६

ईद मनाउँदै मुस्लिम धर्मावलम्बी(फोटोफिचर)

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् ।

हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ !

-नारायण गाउँले । हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ । एकले

बागलुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो

ढोरपाटन । जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको