झापामा सशस्त्र प्रहरीद्वारा एक करोड रुपैयाँ बराबरको कपडा र मोटरपार्टस् बरामद



झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो करिब एक करोड बराबरको अवैध सामान बरामद गरिएको छ ।

मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब एक करोड रुपैयाँ बराबरको कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए ।

विषेश सूचनाको आधारमा सोही हेडक्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्ड तथा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उक्त सामान बरामद गरेको हो ।

पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ब्लुक्रस हस्पिटलका संरक्षक डा. खगेन्द्र बहादुर श्रेष्ठको निधन

काठमाडौं । ब्लुक्रस हस्पिटलका संरक्षक डा. खगेन्द्र बहादुर श्रेष्ठको बिहीबार बिहान निधन भएको

हत्या आरोपमा ललितपुरमा एकजना पक्राउ

काठमाडौँ । ललितपुरमा एक युवकको हत्या भएको छ । ललितपुरको इमाडोलस्थित ओचुहाइटमा रामेछापका

गाउँगाउँमा सडक स्तरोन्नति भएपछि नागरिक उत्साहित

इलाम । सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण, १४ किलोमिटर पार गर्न तीन घण्टा

मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ