उपेन्द्र यादव नगएपछि भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउने प्रधानमन्त्रीको प्रयास असफल



काठमाडौँ । सत्तापक्षीय दलहरुले संसदमा विचारधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकमा संसदमा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।

बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका

आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल विदेश निर्यात

काठमाडौं । नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको

‘प्रतिगमन मुर्दावाद’ भनेर मात्र प्रतिगमनको खतरालाई अन्त्य गर्न सकिँदैन

-नारायणकाजी श्रेष्ठ । अब मुलुक यथास्थितिमा रहिरहन सक्दैन र रहन दिनु पनि हुँदैन

झापामा सशस्त्र प्रहरीद्वारा एक करोड रुपैयाँ बराबरको कपडा र मोटरपार्टस् बरामद

झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो करिब एक करोड बराबरको अवैध