काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् सामाजिक सञ्जालमार्फत आचार्यले कुलमान हटाउने निर्णय गलत भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउन हुँदैन थियो ।’ सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो । कुलमान हटाउने निर्णयको सत्तारुढ दलबाटै समेत विरोध भएको छ ।

प्रतिक्रिया