‘एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएनन् भने त्यसपछि हेरौँला तिमीहरुको के के तन्त्र हो!’



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अबको एक हप्तामा आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् ।

सोमबार राति सामाजिक सञ्जालमार्फत बालेनले अबको एक हप्ता भित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछि हेरौँला तिमीहरुको के के तन्त्र हो!!’

सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा महानगरका कर्मचारीले तलब पाएका छैनन् । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई गत पुस ५ गते काठमाडौं टावरको नक्सा स्वीकृतिमा अनियमितता गरेको भन्दै बिदामा पठाइएको थियो । त्यसपछि सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको दोहोरो सुविधाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

कुलमान बर्खास्त प्रकरणले तात्यो संसद, दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार बसेको पहिलो बैठक अवरुद्ध

एन्फाले गणेश थापालाई कारबाहीका लागि अख्तियारलाई पत्राचार गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापाविरुद्ध

बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चैत १९ गतेदेखि थाइल्याण्ड भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने