भक्तपुरमा एक व्यक्तिको हत्या गरिएको अवस्थामा शव फेला
भक्तपुर । भक्तपुरमा आइतबार एक व्यक्तिको शव फेला परेको छ । प्रहरीका अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्ट नजिक पार्किङ स्थलमा एक पुरुषको शव भेटिएको हो ।
खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएका प्रहरीले जनाएको छ ।
राईको कान र टाउकोमा चोटपटक देखिएकाले प्रहरीले यो हत्याको घटना हुन संक्ने भन्दै त्यस कोणबाट अनुसन्धान अगाडि बढाएको छ ।