सर्लाहीको लालबन्दीका १९ वटा स्वास्थ्य संस्था बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन



जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकमा रहेका २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले शनिबार ती अस्पतालको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा ती संस्थाहरूमा देखिएका अनियमितताका कारण १९ अस्पताललाई तत्काल बन्द गर्ने निर्देशन जारी गरिएको हो । यी अस्पतालहरू सेवा सञ्चालन अनुमतिपत्र बिना वा मापदण्डविपरीत सेवा दिइरहेको पुष्टि भएपछि यो कडा कदम उठाइएको मुख्यमन्त्री सिंहले बताए ।

सिंहले भने, ‘सर्लाहीको लालबन्दी नगरपालिकाका लालबन्दीचोक र नवलपुरचोकस्थित २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेँ । तीमध्ये दुईवटासँग सेवा सञ्चालन अनुमतिपत्र दुरूस्त रहेको र दुईवटाले नवीकरण गर्नुपर्ने देखियो । सेवा सञ्चालन अनुमतिपत्र नरहेका र मापदण्डअनुसार सेवा सञ्चालन नभएका १९ अस्पताललाई बन्द गर्ने निर्देशन दिइएको छ ।’

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवामा गुणस्तर सुधार र अनुशासन कायम गर्न आवश्यक नीति तथा मापदण्डलाई कडाइका साथ पालना गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । मधेश सरकारले स्वास्थ्य सेवाका मापदण्ड पालन नगर्ने संस्थाहरूलाई कडा कारबाही गर्ने नीति अगाडि सारेको छ ।

यसअनुसार अनुगमन प्रक्रिया निरन्तर जारी रहने र अब आउने दिनहरूमा झन् बढी सर्तकता अपनाइने मुख्यमन्त्री सिंहले बताए । मुख्यमन्त्री सिंहले मधेस प्रदेशका जिल्लाका निजी अस्पतालको पछिल्लो समय अनुगमन गरिरहेका छन् । अनुगमनका क्रममा अधिकांश अस्पताल मामदण्डविपरीत संचालन गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

दमौली । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ

तनहुँमा नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त

डुम्रे । तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य

ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको