कसैले केही गर्नलाई डराउन पर्दैन, देशको शान्ति कायमै होस् : पूर्वराजा शाह



गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् । शनिबार गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराजा शाहले अहिले देशमा शान्ति चाहिएको बताएका हुन् ।

लामो समयपछि आफ्नो पूर्खाको थलो गोरखा आउँदा खुसी लागेको भन्दै पूर्वराजा शाहले भने, ‘कसैले केही गर्नलाई डराउन पर्दैन । देशको शान्ति कायमै होस् । देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् । कसैले कसैको पनि कुभलो नचिताओस् ।’

मन्दिर पूजाअर्चनका लागि पूर्वराजा पुग्दा त्यहाँ स्थानीयले स्वागत गरेका थिए । त्यसक्रममा उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएनन् भने त्यसपछि हेरौँला तिमीहरुको के के तन्त्र हो!’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अबको एक हप्तामा आफ्ना कर्मचारीले तलब

कुलमान बर्खास्तप्रति कांग्रेसका दुई महामन्त्रीको प्रतिक्रियाः मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो, तर विडम्बना त्यो भएन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति

प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने सरकारको कदम विल्कुल गलत र आपत्तिजनकः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत

‘टिआरसी’सँग जोडिएका आयोगमा नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको