श्रम ऐनले तोकेबमोजिम तलब नदिने निजी अस्पतालको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी



नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था नहुने बताए ।

राज्यले उनीहरुलाई मानसम्मान गर्नु ठीक भएपनि सुविधा भने दिन नहुने बताए ।
उनले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैंले खोज्नुपर्नेमा जोड दिए । ‘मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ’, उनले भने ।

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिए ।

उनले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताए ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिए ।

उनले बिरामीहरुका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार र यातायात व्यवसायी वार्तामा

काठमाडौं । सरकार आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश

यस्तो दिक्दारलाग्दो अवस्थामा कसरी फस्टाउला हाम्रो पर्यटन उद्योग ?

-नारायण गाउँले । के तपाईंलाई नेपालको हवाइ टिकट विश्वकै महँगो मध्ये पर्छ भन्ने

मौरिस हर्जोग, जसले चिनाए अन्नपूर्ण हिमाल

म्याग्दी । पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान

अयोध्यामा नेपाल-भारतको आध्यात्मिक एकता : महायोगी सिद्धबाबाको शोभायात्राले जगायो आत्मगौरव र चेतनाको लहर

अयोध्या, उत्तर प्रदेश । भारतको अयोध्यामा जेठ १८ गतेदेखि जारी ‘सुरत शब्दयोग ध्यान