कुलमान खेद्ने खाडल अझै गहिरो बनाए हुन्छ….



के-के खानुछ कसकसलाई , खाए हुन्छ
भारतले सरकार अहिले नपर्ने रैछ !

टडकमा पैसा ओसार्ने काम सकाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

पाँचसय किलोका माला अझै लाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ!

कुलमान खेद्ने खाडल अझै गहिरो बनाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

संसद बन्द गरेर अध्यादेश अझै ल्याए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

लुकाउन बाँकी भए-
भ्रष्टाचारका फाइल अझै लुकाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

खतरा छ राजनेताहरुलाई कुलमान, बालेन हर्कबाट-
पाँच पाँच जिल्लामा पाँचपाँच मुद्दा लाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

देश अब कलिकति बाँकी छ, बाँकी किन राख्नु सकाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

-कवि अर्जुन पराजुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

तनहुँ । देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद

विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार

झापा। “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत

दिक्तेलमा अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार

खोटाङ । अकबरे खुर्सानीको मूल्य  खोटाङमा हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल

दरबार हत्याकाण्डको आज २४औँ स्मृति दिवस

काठमाडौं ।  पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस