विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत



काठमाडौँ । विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो ।

सोही घोषणाअनुसार थापा शुक्रबार राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए । उनी काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियर विभागका सहप्राध्यापक हुन् ।

उनले हाइड्रोजनका क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन् । उनको नेतृत्वमा नेपालमा पहिलो हाइड्रोजन कार निर्माण गरिएको थियो । थापा नेपाल सरकारको ग्रीन हाइड्रोजन नीतिको समन्वय समितिको सदस्यसमेत हुन् पुरस्कार प्राप्त गरेपछि थापाले यसले आफूलाई थप प्रेरणा दिएको बताएका छन् ।

उनले भनेका छन्, ‘यो पुरस्कार नेपालमा हरित हाइड्रोजन इकोसिस्टम विकास गर्ने मेरो दृष्टिकोण, समर्पण र उपलब्धिहरूका लागि प्रदान गरिएको हो । यस बिन्दुमा आइपुग्न प्रेरणा, मार्गदर्शन र समर्थनको लागि म अत्यन्तै आभारी छु।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमान र हितेन्द्रको रिट हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी

विदेशबाट फर्केर बगरमा तरभुजाखेती

देउखुरी । दाङ लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर २०७५ सालमा नेपाल

काठमाडौंको तिनकुनेमा हिंसात्मक प्रदर्शन र तोडफोडमा संलग्न भएको आरोपमा थप २४ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको तिनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब बिहान ६ देखि राति १२ बजेसम्म खुला रहने

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ ।