तनहुँमा विषालु च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो



तनहुँ । विषालु च्याउ खाँदा बिरामी भएका तनहुँका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६ निवासी चार वर्षीय सुमित पुलामीको मृत्यु भएको हो।

गत आइतबार च्याउ खाएर सख्त बिरामी भएका बालकको बुधबार साँझ शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। प्रहरी नायब उपरीक्षक थापाका अनुसार च्याउ खाएर मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। यसअघि सोमबार उपचारकै क्रममा सोही वडाका ३० वर्षीय नारायण मगरको मृत्यु भएको थियो।

मगरको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मङ्गलबार मृत्यु भएको थियो। प्रदेश अस्पताल दमौलीमा प्राथमिक उपचारपछि बालकलाई शनिबार साँझ गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको थियो।

बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए। बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात घर फर्किएका छन्। जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरु बिरामी भएका हुन्।

उनीहरुमा बान्ता हुने, पखाला लाग्ने, रिङगाटा लाग्ने लक्षण देखिएको थियो। उक्त लक्षण नरोकिएपछि गम्भीर प्रकृतिका दुई जनालाई थप उपचारका लागि पोखरा र काठमाडौँ लगिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभामा तीन विधेयक टेबुल

काठमाडौं ।  प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधि सभा नियमावली, २०७९

सरकार अहिले नाङ्गिएको हुनाले लाज छोपिदिनका लागि अदालत घुमिरहेको छुः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछाने ले सरकार नाङ्गिएको भन्दै सरकारको लाज

मोरङको सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थी एसइई परीक्षामा सहभागी

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले

सिरहाका प्रमुख जिल्ला अधिकारीलाई गृहले बोलायो फिर्ता

काठमाडौँ । गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई मन्त्रालयमा तानेको छ