चुच्चे नक्सामा समेटिएको क्षेत्रको भ्रमणमा जाने योजना छ ? भन्ने प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा जाने योजना नभएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुराको भ्रमणमा जाने योजना नरहेको बताएका हुन् ।

बैठकमा राप्रपा सांसद बुद्धिमान तामाङले प्रधानमन्त्रीलाई चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा कहिले जाने भन्दै प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले भने, ‘तत्काल त्यहाँ जाने योजना छैन, कुनै समयमा जान सकिन्छ । माननीयज्यूको जाने योजना छ ?’

इपीजी प्रतिवेदन नेपालले मात्रै बुझेर नहुने बताए । उनले भने, ‘पहिले नै पहिले भारतका प्रधानमन्त्रीले बुझ्ने अनि मात्र नेपालले बुझ्ने समझदारी भएको रहेछ । त्यसैले एक पक्षले मात्र बुझेर हुँदैन । दुई देशको मित्रतमा कहीँ कतै प्रतिकुल असर र अन्याय नहुने गरी सबै समस्याका दीगो समाधानका लागि इपीजी गठन गरिएको हो । यो प्रतिवेदन बुझ्ने सन्दर्भमा उच्चस्तरमा पहल भइरहेको छ । यो समझदारी ढंगले समाधान हुन्छ भन्ने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजावादीलाई काउन्टर दिन एमालेले देशभर कार्यक्रम गर्ने

काठमाडौँ । नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी सचेतना अभियान

प्रतिनिधिसभाबाट आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल

१६ लाख रुपैयाँ बराबरको सुनसहित रसुवागढी नाकाबाट एकजना पक्राउ

  रसुवा । अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी नाकामा बिहीबार

राजाबाट नागरिक हुँदा

डा. गोविन्दशरण उपाध्याय । राजा र राजतन्त्र मन पराउनु वा मन नपराउनु फरक