सौर्य एयरको जहाज दुर्घटना भएको आठ महिना बितिसक्दा पनि किन भएन प्रतिवेदन तयार ?



काठमाडौं ।  सांसदहरूले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन् । सोमबारको राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजाल गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे ।

‘उक्त जहाज दुर्घटना भएको आठ महिना बितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन । दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यानआकर्षण गराउन चाहन्छु’, उनले भने ।

सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सको दुर्घटनासम्बन्धमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।

उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्रको पदोन्नति नगराइएकोमा सरकारसँग जवाफ मागे । सांसद कृष्णबहादुर रोकायले शिक्षक आन्दोलनरत रहेको भन्दै उनीहरूसँग वार्ता गरेर माग पूरा गर्नुपर्नेमा जोड दिए ।

सांसद रुक्मिणी कोइरालाले यौन व्यवसायलाई कानुनी मान्यता दिने धारणा गलत भाष्य स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाइन् । सांसद विष्णुकुमारी सापकोटाले पूर्वविशष्टहरूलाई आजीवन सेवा सुविधा उपलब्ध गराउन नहुने धारणा राखिन् ।

सांसद विष्णुदेवी पुडासैनीले भने भत्काइएका सडकको समयमै निर्माण गर्नुपर्नेमा जोड दिइन् । शून्य समयमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले बालबन्दी गृहमा लागुऔषध भित्रिएको भन्दै सत्यतथ्य छानबिनको माग गरे । बैठकमा सांसदहरू श्रीकृष्णप्रसाद अधिकारी र पदमबहादुर परियारले पनि विभिन्न विषयमा आफ्नो धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई

आगलागीबाट भोजपुरमा आठ जलेर नष्ट

भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा  भोजपुर नगरपालिका–१२, पारपानीका आठ

दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्