कसले सम्हाल्छ अब नेपाल प्रहरीको कमाण्ड ?



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन् । महानिरीक्षक कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जान लागेका हुन् ।

प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिका कारण आईजीपीसहित अन्य ९ प्रहरी अधिकारी सेवानिवृत्त हुन लागेका हुन् । कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह, जनक भट्टराई, त्यस्तै डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् ।

महानिरीक्षक कुवर अवकाशमा जाँदै गर्दा ३१औं आईजीपी को बन्ला भन्ने चासो देखिएको छ। नयाँ आईजीपीका लागि तीन जना एआईजीहरू प्रतिस्पर्धामा छन्। एआईजी दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी आईजीपीको दाबेदार हुन् ।

आईजीपी कुँवरको अवकाशसँगै आज नयाँ आईजीपी बनाउने सरकारको तयारी छ। त्यसका लागि मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख हुन्। गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख र र तामाङ उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा छन्।

एआईजी ३ जना नै २०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन्। वरिष्ठताको आधारमा गिरी र तामाङभन्दा थापा अघि छन्। मन्त्रिपरिषद्को बैठकले मेरिट लिस्टका आधारमा आईजीपी नियुक्त गरेमा थापा नै ३१औं नम्बरको आईजीपी हुने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भीमफेदीले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीतर्फ

कानुन बनाएर पूर्वविशिष्ट पदाधिकारीलाई सेवा सुविधा दिन्छौंः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे अनावश्यक भार नपर्ने गरी

यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने कांग्रेस प्रमुख सचेतक घिमिरेको अभिव्यक्ति विवादमा

काठमाडौं । नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भन्ने नेपाली कांग्रेसका प्रमुख सेचतक

धवलशमसेरले भने-असफल भएको गणतन्त्र हटाउँ, हिन्दू राष्ट्रतिर जाउँ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले मुलुकलाई सनातन हिन्दू राष्ट्र घोषणा