प्रचण्डको तस्बिर जलाएको आरोपमा राप्रपाका नेता पक्राउ



हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बम पक्राउ परेका छन् ।

बमले शनिबार हेटौंडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनमा सम्बोधनको क्रममा प्रचण्डको तस्बिर जलाएका थिए । बमलाई चितवनबाट पक्राउ गरि मकवानपुर ल्याउने तयारी भइरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन् ।

बमलाई भरतपुर विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । शुक्रबार मेलम्चीमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा, मूर्तिचोर जस्ता आरोप लगाएपछि राप्रपा आक्रोशित बनेको छ । त्यही आक्रोशस्वरुप बलमे प्रचण्डको तस्बिर जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा

कसले सम्हाल्छ अब नेपाल प्रहरीको कमाण्ड ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन् । महानिरीक्षक कुँवरसहित

मुन्धुम संरक्षणको आवश्यकता

– राजकुमार दिक्पाल लिम्बूहरूको धर्मशास्त्रलाई ‘मुन्धुम’ भनिन्छ । लिम्बूहरूको संस्कार, संस्कृति तथा पराम्परागत

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा तीन