‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय



मुग्लिन । गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व मनाउँदै छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा गुरुङ समुदायमा हरेक वर्ष फागुपुर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।

यो पर्वमा धनुष वाण, बर्छा,छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि गरिन्छ । खुकुरीजस्ता घरेलु हतियारको पूजा गरी खेल सुरु हुन्छ । सिकारीयुगमा धनुष वाणको आवश्यकता र महत्व धेरै थियो ।

आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण (गुरुवाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको तमू प्ये ल्हु सङ्घका अध्यक्ष विक्रम गुरुङले बताए ।

चितवनको– भरतपुर ११ नौरङ्गेस्थित क्होइवोे परिसरमा आज जिल्लास्तरीय धनुष वाण प्रतियोगिता तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अध्यक्ष गुरुङले राससलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ

ऐतिहासिक हरसिद्धी नाच

ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा पर्ने हरसिद्धी ऐतिहासिक हरसिद्धी नाच

सभ्य बन्दै  होली

  काठमाडौँ । आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली

महिला सशक्तीकरणका निम्ति नेपालको प्रतिबद्धता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा