उपत्यकासहित ठाउँठाउँमा वर्षा



काठमाडौँ । काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । हाल गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको र पहाडी क्षेत्रहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा पनि गड्याङ्गुडुङसहित अहिले वर्षा भइरहेको छ । ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्यांगसहित वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । अहिले राति वर्षा भएकाले उपत्यकामा दैनिकी सकेर घर तथा फर्कन लागेका नागरिकहरू प्रभावित भएका छन् ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षा भएपछि उपत्यकामा चिसो महसुस गरिएको छ । विगत केही दिनदेखि नेपालमा मौसम बदली भएको थियो । जसका कारण आज हवाई उडानसमेत प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी

३२ क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत

  काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा

सर्वाेच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज

वीरगञ्ज । सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड)

सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत

काठमाडौँ । सिंहदरबारस्थित ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत देखिएको