सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत



काठमाडौँ । सिंहदरबारस्थित ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत देखिएको छ ।

सङ्घीय संसद्, राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बुधबार आयोजना गरेको ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा भवन) पुनःनिर्माणको प्रगतिको अवस्था विषयक छलफलमा सो जानकारी दिइएको हो ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना प्रमुख सुनिलकुमार ठाकुरले भवनको वित्तीय प्रगति पनि २० प्रतिशत भएको जानकारी दिए ।

‘अदालतमा मुद्दा पर्नु, ठक्का रद्ध हुनु लगायतका चुुनौतीका कारण तोकिएको समयमा नै काम सम्पन्न गर्न पनि चुनौती छ,’ उनले भने, ‘आयोजनाको काम तीव्र रूपमा अगाडि बढाउनका लागि हामीले चार ओटा सिसी क्यामरासमेत जडान गरेका छौँ ।’

भवनको रेट्रोफिटिङ कार्यका लागि गत जेठ ६ गते प्रेरा निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भएको थियो ।
विसं २०८२ मङ्सिर ६ गते आयोजनाको काम सम्पन्न गर्नेगरी सम्झौता भएको हो ।

आयोजनाको लागत करिब ३९ करोड रहेको छ । सांसदहरूले आयोजनाको काम समयमा नै सम्पन्न गर्नेगरी अगाडि बढाउन निर्देशन दिएका थिए । समितिका सभापति मायाप्रसाद शर्मा लगायतका सांसदहरूले भवनको अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकासहित ठाउँठाउँमा वर्षा

काठमाडौँ । काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । हाल गण्डकी

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी

३२ क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत

  काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा

सर्वाेच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज

वीरगञ्ज । सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड)