प्रचण्डको प्रश्नः सत्तारुढ पार्टीका कार्यकर्ताले बर्दिधारीलाई कुट्ने गर्दा लोकतन्त्रप्रति भरोसा राख्छ कि वितृष्णा ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार विचौलियाले चलाएको आरोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष प्रचण्डले सरकार प्रधानमन्त्रीले नभई विचौलियाले चलाएको आरोप लगाएका हुन् ।

उनले सत्ताको ड्राइभिङ सिटमै विचौलिया रहेका आरोप लगाए । उनले भने, ‘सरकारले यो गर्दैछ भन्ने सुने पनि सरकारको दुई तिहाइको घोडा सरकार र मन्त्रीले चलाएका छैनन् । त्यो घोडा बिचौलियाले चलाएका छन् ।’

उनले सत्तामा रहेकाको कुशासनले लोकतन्त्रलाई चुनौति दिएको बताए । उनले भने, ‘एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी धुनुभयो गंगामा । तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो तर मैलो लोकतन्त्रमा देखियो । हामी सबैले आत्मसमीक्षा गरेर जबाफदेही भएनौ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिएँ ।उसको शक्तिले इमान्दार व्यवसायीलाई अपमान गरेको छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजोका राजा महाराजाले जस्तो पुरै सडक खाली गराएर सवारी चलाउने सनक चढेको बताए । प्रचण्डले सत्तारुढ पार्टीका कार्यकर्ताले बर्दिधारीलाई कुट्ने गर्दा लोकतन्त्रप्रति भरोसा राख्छ कि वितृष्णा भन्दै हेक्का राख्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

नेपाल इयूको सुरक्षा सूचीबाट छिट्टै हट्ने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोदप्रकाश सिंहले नेपाल

अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि युक्रेन सहमत

बीबीसी । युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति