कुलमानको नम्बर जीरो आउने थिएन, तिमीहरु राजा नबनेको भए !



कसैले पनि
राजा बन्छु म, भन्ने थिएन
तिमीहरु राजा नबेको भए !

‘चोर, देश छोड’ भन्ने नारा बन्ने थिएन
तिमीहरु राजा नबनेको भए !
कुलमानको नम्बर जीरो आउने थिएन
तिमीहरु राजा नबनेको भए !

मरेको मान्छेले मलामी नपाउने थिएन
तिमीहरु राजा नबनेको भए
जेल पाउनुपर्ने मान्छेले मन्त्री पाउने थिएन
तिमीहरु राजा नबनेको भए !

तिम्रो मुटुले
जुलुस देख्दैमा ढ्याङ्ग्रो बजाउने थिएन
तिमीहरु राजा नबनेको भए
तिमीलाई नेता बनाउने जनता तिम्रैविरुद्ध जाग्ने थिएन !

तिमीहरु राजा नबनेको भए !
तिम्रो अनुहार सम्झिँदैमा थुकौंथुकौं लाग्ने थिएन
तिमीहरु राजा नबनेको भए ! !

-अर्जुन पराजुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

मुलुकमा १७ महिनाको वस्तु आयात धान्ने विदेशी विनिमय सञ्चिती

काठमाडौं । मुलुकमा सात महिनामा विदेशी विनिमय सञ्चिती १६.१ प्रतिशतले बढेको छ ।

प्रचण्डले भोलि संसदमा सम्धोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा

मुकुल ढकालको जिकिरः रवि दाइले भित्रिरूपमा देउवा र ओलीसँग सम्झौता गरिसक्नुभो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेले