राजावादीहरुबाट हुने प्रदर्शनलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थल प्रवेशमा कडाइ



काठमाडौं । राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल आउन आह्वान गरेपछि सुरक्षामा कडाइ गरिएको छ ।

त्रिभुवन विमानस्थलमा हवाइ टिकट भएका यात्रु र कर्मचारी बाहेक अरुलाई प्रवेशमा निषेध गरिएको छ । त्यसैगरी अराजक जुलुश प्रर्दशन गर्ने सक्ने संभावनालाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था विहानैदेखि कडा पारिएको छ ।

पोखराबाट काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले स्वागत गर्ने र त्यसक्रममा हुने प्रर्दशनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाकै सुरक्षा व्यवस्था कडा पारिएको हो।

आइतबार विहानैदेखि काठमाडौंका मूख्य गल्ली र चोकहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा अंगलाई परिचालन गरिएको छ र जिल्ला प्रशासन कार्यालय काठमाडौले दिएको जानकारी अनुसार काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरले राप्रपालाई गर्यो एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ

‘सडकमा अहिलेका गतिविधि राजगद्दीमा बसाल्ने ध्येयले पूर्वराजालाई फर्काउने अभियान हो भने त्यो आपत्तिजनक छ’

  काठमाडौँ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरुले नेपालमा राजतन्त्रको

काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा

कुलमानको जवाफः घाटामा रहेको संस्थालाई निरन्तर नाफामा लगेको छु, कारबाही गर्नुपर्ने कुनै कारण छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका