-डा. लछी सिंह ।
BRI (Belt and Road Initiative)के हो भन्नेबारेको जानकारी समाजमा हुन अत्यावश्यक छ । बीआरआईलाई दिगो विकास र विश्व कनेक्टिविटी निर्माण गर्न रणनीतिको रुपमासन् २०१३ मा पहिलो पटक जनवादी गणतन्त्र चीनमा स्थापन भएको हो । यसका संस्थापक चिनियाँ राष्ट्रपति सीजिनपिङ्ग हुन । यो चीनको दिगो विकास, अन्तर्राष्ट्रिय सहयोग र विश्व जोडनका लागि एक रणनीति अबधारणा पत्र तयार गरिएको थियो । २१औं शताब्दीको सामुद्रीक ‘सिल्क रोड’को रुपमा विकास गरी विश्वका सबै देशहरुसँग हातेमालो गर्ने नाता जोड्ने, व्यापार र व्यवसायको विकासका लागि यो अबधारणा निमार्ण गरिको हो । यसका मुख्य मुद्दामा देशको आर्थिक विकास र बेरोजगार अन्त्य गर्ने थियो । यसले देशमा आर्थिक बेल्ट स्थापना, सामुदायिक विकास कार्यक्रम, कृषि उत्पादनको प्रवर्द्वन, साना व्यवसायको प्रवर्द्वन, वातावरणको विकास र मानवजीवन स्तरोन्नतिका लागि “सिल्क रोड” निमार्ण गर्न सबै देशहरुसँग हातेमालो गर्ने विचारले अगाडि बढाएको थियो । कृषि उत्पादनको सही व्यवस्थापन तथा बजारीकरण गर्नका लागि सुलभ तथा सजिलो यातायातको विकास, साथै यातायातको सञ्जालले शिक्षा, लैङ्गिक समानता र महिला सशक्तिकरण्को सन्दर्भमा समाजमा व्यापक विकास गर्ने मुख्य उद्देश्य हो । बीआरआईले विशाल पूर्वाधार निर्माण परियोजना मार्फत विश्वव्यापि व्यापार प्रवर्द्धनका लागि यो अवधारणको उत्पति भएको हो ।
बीआरआई अबधारणाले १५५ देशहरुसँग सहयोग तथा विकास जोडनका लागि सम्झौता भइसकेको छ र यस सूचीमा नेपाल देश पनि छ । यसै गरी विश्व बैंक, एशिया विकास बैंक, एसियाली पूर्वाधार विकास बैंक, अफ्रिका विकास बैंक, जस्ता विश्व बाणिज्य बैंकहरु र सदस्य राष्ट्रहरु लगायत अन्तर्राष्ट्रिय अनुदाताहरु गरी ३० वटा अन्तर्राष्ट्रिय संस्थाहरुसँग आर्थिक सहयोगका लागि सम्झौता गरी सकेको छ । नेपालले पनि सन् २०१७ मे महिनामा चीनसँग बीआरआईको फ्रेमवर्क सम्झौतामा गरी सकेको छ । प्रारम्भिक समयमा ३५वटा योजनाहरुको सम्झौता गर्ने निधो गरीसकेको थियो । तर अन्तिममा ३५ को संख्या घटेर ९ वटामात्र योजना प्राप्त भएको जानकारी थाहा भयो । नेपालमा सात बर्ष बितिसक्दा पनि बीआरआईको उद्देश्यअनुसार कुनै कार्य हुन सकेको छैन । यसपाली प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच बीआरआई ढाँचा अन्तर्गन “ठूला आयोजनाहरु” को दिगो विकास गर्ने प्रवृद्धिमा सम्झौता भएको छ । यो हाम्रो देशको लागि महत्वपूर्ण फाईदाजनक मानिएको छ । अहिले यो अवधारणमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपालका लागि महत्वपूर्ण औजारका रुपमा देखिएको छ । अब नेपाल सरकारले गरिब तथा पिछडिएका वर्गहरुको लागि ‘सिल्क रोड’निमार्ण गरी स्थानयि ७५३ निकाय सम्म पुगाउने विचार राख्नु पर्छ । त्यसपछि मात्र दुर्गम क्षेत्रको जैविक (Organic) कृषिको उत्पदानलाई विभिन्न शहरहरु, राष्ट्र तथा अन्तर्राष्ट्रियसम्म पुगाउने मौका पाउने छ । त्यसपछि मात्र देशको युवाहरुको बिरोजगारी निर्मूल र समृद्धि फैलाउने शुभ अवसर नेपाल सरकारले पाउने छ । बीआरआई आफैंमा एक महत्वपूर्ण र सीपमूलक अबधारणा हो । यसलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएर अगाडी बढने हो भने मात्र विकास सजिलै नेपालमा गर्न सकिने छ ।
प्रस्तावित उद्देश्यहरुः
– नेपालका ७५३ स्थानीय सरकारसम्म ‘सिल्क रोड’ निर्माण गरी दुर्गम क्षेत्रको उत्पादनलाई शहर तथा अन्तर्राष्ट्रियसम्म पुर्याउने व्यवस्था मिलाउने ।
– यातायातको विकासले आर्थिक, वित्तीय क्षेत्रको सहयोग, विश्वव्यापी कनेक्टिभिटी, लजिस्टिक सहयोग, व्यापार र औद्योगिक क्षमता बढाउने कार्य गर्ने ।
– देशमा मौलाएको बेरोजगारी हटाउने, व्यापक रुपमा आर्थिक विकास गर्ने, आधुनिक कृषि प्रविधि प्रवर्द्धन तथा उत्पादन गर्ने, औधोगिक क्षेत्र स्थापना गर्ने र आत्मनिर्भर बनाउने सीपको विकास गर्ने ।
बीआरआईका स्तम्भहरु(Pillars)
– नीति निमार्ण तथा समन्वय गर्ने (Policy Coordination)
– पूर्वाधारको माध्यमले विश्वलाई जोडने (Infrastructure Connectivity)
– निर्बाध व्यापार गर्ने (Unimpeded Trade)
– वित्तीय एकीकरण गर्ने ( Financial Integration)
– मानिसहरुलाई जडान गर्ने ( People Connecting)
– देशमा करिडोर विकास गर्ने (Corridor of the BRI)
छोटो अनुसन्धानको तथ्यांकः
छोटो अनुसन्धानको तथ्यांकले माथि उल्लेख गरिएका उद्देश्यहरुलाई परिपूर्ति गर्न राम्रो सुझाव छ । नेपाली समुदायमा हाल लाई बीआरआईसम्बन्धी सोध्दा जवाफमा ९५ प्रतिशत जति जनताले थाहा छैन भन्ने उत्तर पाइयो । तर स्थानीय समुदायका ५ प्रतिशत व्यक्तिहरु, जो केही पढेलेखेका र कुनै पेशा वा व्यवसायमा आवद्ध भएकाले राम्रो सँग त थाहा छैन तर केही जानकारी छ भनेका थिए । त्यसैले नेपाली समुदायमा बीआरआईको परिभाषा, अर्थ, उद्देश्य, लक्ष्य र दिगो विकाससम्बन्धी जनचेतनाको अभिवृद्धि गर्न नेपाल सरकारको पहिलो प्राथमिकतामा पर्दछ भन्ने देखियो । दोस्रो प्राथमिकतामा नेपाल सरकारको संध, प्रदेश र स्थानीय स्तरका सम्पूर्ण कर्मचारीहरुलाई बीआरआई सम्बन्धी राम्रो चेतनाको अभिवृद्धि गर्नुपर्ने देखियो । त्यसपछि मात्र नेपालमा बीआरआई अबधारणको विकास तथा विश्वसँग जोड्ने प्रक्रियामा अगाडी बढ्ने मौका पाउने छ । बीआरआई अवधारणाको नीतिनियम अनुसार नेपालको ७५३ स्थानीय स्तरमा सिल्क रोड निर्माण गरिने हो भने स्थानीय समुदायको जैविक कृषि उत्पादन तथा स्रोतलाई देशदेखि विदेशसम्म चिनाउने मौका पाइनेछ । यस प्रकृयाले नेपाली समाजको पहुँच अन्तर्राष्ट्रियसम्म पुग्ने बाटो खुल्नेछ । सस्तो तथा कम दाममा कृषि उत्पादन सबै शहरहरुमा पाउनेछन् । कृषकको विकास पनि मेहनत अनुसार हुदै जाने छ । हिजो आज हामीले ताजा फलफूल खान पाएका छैनौं किनकी नेपाल पाईने फलफुल विदेशबाट आएको पाइन्छ । नेपालको दुर्गम क्षेत्रमा भएको उत्पादन सडकको अभावले त्यसै घरमा कुहिएर गएको छ । मेरो अनुभवमा जब म सोलुखुम्बु जिल्लामा वि.स. २०६० सालमा ६ रुपैयाँ किलो स्याउ आफैं स्याउ बगैंचामा गई टिपेर खाएको थिएँ र त्यो समयमा काठमाडौंमा ६० रुपैयाँ किलोको हिसाबले बिक्री हुन्थ्यो । यदि त्यहाँको स्याउ काठमाडौंमा ल्याउने हो भने काठमाडौंका जनताले २० रुपैयाँ किलोमा स्याउ खान सक्थे होला । तर यातायातको असुविधाले त्यहाँको स्याउ काठमाडौंमा पुर्याउन सकिँदैनथ्यो । हवाई जहाजको मात्र यातायात भएकाले त्यहाँका स्याउ स्थानीयमा कुहिएर गए र शहरमा पुर्याउन सकिएन । यो एउटा सानो उदाहरण हो । तलको ग्राफले के देखाउँछ भने हाम्रो समाज बीआरआईसम्बन्धी अज्ञात छन् । र हामीले जनचेतनाको अभिवृद्धि शहर भन्दा गाउँमा बढी गर्नु पर्ने हुन्छ ।
नेपाल सरकारले १५ वर्षे योजना बनायो भने यी कुरामा ध्यान दिनुपर्छ ।
१) नेपालका ७५३ स्थानीय सबै ठाउँमा पुग्ने गरी ‘सिल्क रोड’ निर्माण गर्ने ।
– ७५३ स्थानीय स्तरमा जैविक कृषि तथा अन्य उत्पादनको पहुँच शहर, बजार, देश र विदेशसम्म पुर्याउनको लागि व्यवस्था गर्ने ।
– व्यापक रुपमा बीआरआईको दिगो विकासको जनचेतना अभिवृद्धि समुदायमा गर्ने ।
– दुर्गम क्षेत्रमा व्यापार विकास गरी बेरोजगारी हटाउने ।
– ७५३ स्थानयि स्तरमा मानव आत्मनिर्भर बनाउने योजनाको स्थापना गर्ने ।
२) नेपालमा यातायातको विकास सँगै आर्थिक विकास, वित्तीय क्षेत्रीय सहयोग, विश्वव्यापी कनेक्टिभिटी, लजिस्टिक सहयोग, व्यापार व्यवसाय, अधौगिकको स्थापना र अन्तर्राष्ट्रिय व्यापारको विकास गर्ने ।
– वित्तीय गतिविधिलाई बलियो बनाई ७५३ स्थानीय तहमा सीप विकासमूलक तालिम संचालन गरी आर्थिक गतिविधि आर्जनका लागि विभिन्न परियोजना संचालन गर्ने ।
– वित्तीय साक्षरता (Financial Literacy) को तालिम संचालन गरी स्थानीय ७५३ निकायमा नयाँ सिपको विकास गर्ने रदैनिक बचत गर्ने बानीको विकास गर्ने ।
– वित्तिय साक्षरता तालिम पश्चात ७५३ स्थानीयमा साना-साना व्यायसाय तथा उध्योग वा कल कारखानाको स्थापना गर्ने ।
– ७५३ स्थानीय समुदायमा आधुनिक कृषिको स्थापना गरी नेपालमा भएका नागा तथा खाली डाँडामा जैविक खेतीको संचालन गर्ने ।
– बीआरआईको रणनीति अनुसार सिल्क रोडको निमार्ण गरी नेपालमा कृषि खेतीको उत्पादन बढाउने ।
– स्थानीय समुदायदेखि अन्तर्राष्ट्रियसम्मको नेटवर्कको संजालको स्थापना गर्ने ।
३)बेल्ट एण्ड रोड इनिसिएटिभ रणनीतिमार्फत नेपालबाट बेरोजगारी हटाउने ।
– बीआरआईको रणनीतिको अनुसार सबै बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगार दिने गरी नयाँ प्रविधिको विकास गर्ने ।
– ७५३ स्थानीयमा आधुनिक कृषिको स्थापना गरी नेपालबाट बेरोजगार हटाउने ।
– ७५३ स्थानीयमा बेरोजगार युवाहरुको प्राविधिक सीपको विकास गर्ने
– समुदायमा भएका युवाहरुको नेतृत्वको विकास गर्ने ।
४) आधुनिक कृषि प्रविधि प्रवद्र्धन, औधोगिक क्षेत्रको स्थापना र आत्मनिर्भर सिप विकास गरी राष्ट्रदेखि अन्तर्राष्ट्रियसम्म साझेदारीको विकास गर्ने ।
– नेपालका ७५३ स्थानीय स्तरमा भएका नाङ्गा तथा खाली डाँडामा आधुनिक कृषिको उत्पादन गरी ग्लोबल मार्केटिगमा पठाउने व्यवस्था गर्ने ।
– आधुनिक कृषिमा नयाँ औजार र प्राविधिक प्रयोग गरी किसानलाई ठूलो व्यवसायमा विकास गरी आर्थिक विकास गर्ने ।
– नेपालको जैविक तरकारी तथा अन्नको पार्सल ग्लोबलमा गरी बेरोजगार हटाउने र युवाहरुको विकास गर्ने ।
– नेपालको जैविक कृषि उत्पादनको विश्वव्यापी बजारीकरणमा व्यापक बजारीकरण गरी आधुनिक प्रविधिको विकास गरी ७५३ स्थानीयको विकास गर्ने ।
– ७५३ स्थानीयको पहुँच अन्तर्राष्ट्रियसम्म बनाउने व्यवस्था अगाडी बढाउने र नेपालमा उत्तम व्यापार केन्द्र बनाउन विश्वव्यापी बजारमा प्रचारपसार गर्ने ।
५) क्षेत्रीय कार्यक्रम एकीकरण सुधार गर्न, ठूला व्यापार बढाउन र उत्तम व्यापार केन्द्र बनाउनको लागि विश्वव्यापी बजारमा जोड्नको लागि आर्थिक वृद्धि गर्न स्थानीय समुदायलाई प्रोत्साहन गर्ने ।
– नेपालबाट अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्वन गर्न अन्तर्राष्ट्रिय व्यापार नीतिको विकास पहिले गर्ने ।
– आर्थिक वृद्धि गर्न नेपालबाट क्षेत्रीय व्यापार र उद्योग प्रर्वद्धन गर्न अन्तर्रष्ट्रिय स्तरमा नेटवर्क र टोली निर्माण गर्ने ।
– नेपाली स्रोत र प्रांगरिक कृषि उत्पादनलाई विशेष बस्तुको रुपमा परिचय गराउन विश्व बजारमा नेपालको पहुँच विकास गर्ने ।
– युवा बेरोजगारी र वित्तीय संकट कम गर्न विश्वमा कृषि उत्पादन निर्यातबाट आर्थिक स्थिति उकास्ने तिर लाग्ने
– जैविक कृषि उत्पादनको माध्यमबाट नेपाली ७५३ समुदायलाई विश्वको बजार चिनाउने कार्य गर्ने ।
यसको प्रतिफल(Outcomes)
– बीआरआई परियोजनाले देशमा मौलाएको बेरोजगारको समस्याहरु समाधान हुने छ ।
– युवाहरुको नयाँ सिप र ज्ञानमा अभिवृद्धि हुने छ ।
– देशको जैविक (Organic) कृषि उत्पादनको बिदेशमा थप वृद्धिका साथै निर्यात हुने छ ।
– स्थानीय समुदायको ग्लोबल मार्केटसँग नेटवर्क बन्नेछ ।
– ७५३ स्थानीयमा “सिल्क रोड”पहुँचले सस्तो र ताजा तरकारी तथा फलफुल सबै शहरहरुमा सस्तो मुल्यमा खानपाउने छन् ।
– स्थानीय समुदायका महिला तथा बालबालिकाहरुले आर्थिक विकास समय लाग्नेछ ।
– गाउँघरमा महिलाहरुको नयाँ सीपको विकासका हुदै सशक्तिकरण हुने छ ।
निष्कर्ष(Conclusion)
अन्त्यमा बीआरआईसम्बन्धी भन्नु पर्दा नेपालले सन् २०१७ को मे महिनामा पहिलो चीनसँग बेल्ट एण्ड रोड इनिसिएटिभिको फ्रेमवर्कमा सम्झौता गरी हस्ताक्षर गरेका थियौं । तर नेपाल सरकारले त्यसको सही अर्थ नबुझेर होला अहिलेसम्म देशमा कुनै प्रगति भएको छैन । सर्वप्रथम नेपाल सरकारले ३५ वटा योजनाको सम्झौता गरेको थियो भन्ने कुरा सुनिन्छ तर हातमा ९ वटा योजना मात्र आएको थियो भन्ने कुरा सुनिन्छ । नयाँ प्रविधिले सरकारले बीआरआईको अवधारणा अनुसार अगाडी बढ्ने हो भने देशमा बेरोजगारी मुक्त गरिने छ र आर्थिक विकासको हुने छ । नेपालमा उपलब्ध भएको स्रोतसाधनलाई प्रयोग गरी सिल्क रोडको माध्यमले देशमा समृद्धि ल्याउने कार्य हुनेछ । नेपाललाई अन्तर्राष्ट्रियसम्म पहिचान गराउने मौका पाइने छ । माथि उल्लेखित प्रस्तावित कार्य योजना र सुझावमा ध्यान दिएमा देशमा निकै विकास गर्न सकिनेछ । चीनले पनि बीआरआईको अवधारणा अनुसार कार्य गरेकोले चीनमा अहिले निकै विकास भएको देखिन्छ । नेपालको नेतृत्वले पनि नेपाललाई ब्रान्डिङ(Branding)गर्ने हो भने नेपालको पनि विकास चीनको जस्तो हुने छ । व्यक्तिगत भन्ने हो म देश र विकासको लागि सक्रिय सहभागी भई सहयोग गर्न सक्ने छु । तर नेपाल सरकारले त्यस्तो अवसर हामीलाई दिनुपर्छ ।नेपाल राष्ट्रिय योजना आयोगमा देशका महान विद्वान (Experts) छन् । तर नेपाललाई Branding हुने कार्य गर्न सकेका छैन । यो नेपाली नेपालीको लागि विडम्बना हो ।
(लेखक डा.सिंह, हार्ट क्लब नेपाल ललितपुर जिल्लाका सभापति हुन्)

प्रतिक्रिया