राष्ट्रिय झण्डासहित काठमाडौंमा राप्रपाको प्रदर्शन


काठमाडौं । राष्ट्रिय झण्डासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राष्ट्रिय झण्डासहित राप्रपाले बुधबार राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले प्रदर्शन गरेको हो ।

बबरमहलदेखि सुरु भएको र्‍याली त्रिपुरेश्वरहुँदै नारायणहिटीसम्म पुगेको थियो । र्‍याली मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।