कुलमानलाई हटाए सदन र सडकबाट प्रतिरोध गर्ने विपक्षीहरुको चेतावनी



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएको विषयले सदन तातेको छ ।

बुधबारको बैठकमा विपक्षी दलका सांसदले सरकारको कदमप्रति आपत्ति जनाएका हुन् । बैठकको सुरुमा नेकपा माओवादी केन्द्रले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यसम्पादनमा घिसिङलाई शून्य अंक दिइएको विषयमा सभामुखमार्फत रुलिङ गर्नुपर्ने माग गरेका हुन् । उनले राम्रो काम गरेर संस्थालाई नाफामा लैजानेलाई शून्य अंक दिनु लज्जास्पद भएको बताए ।

उनले भने, ‘कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने कुरा मूल्यांकनमा शून्य अंक आएको सुनेका छौँ । सरकारले उठाइरहेको विषयवस्तुलाई बेवास्ता गरेर जसले राम्रो काम गरेको छ, संस्थालाई नाफामा लगेका छन्, उनलाई शून्य अंक दिएको यो के हो ?’उनले बिचौलियाको पक्षमा सरकार रहेको आरोप लगाए । कुलमानलाई नहटाउन खबरदारी गर्ने बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि कुलमानलाई कार्यसम्पादनमा शून्य नम्बर दिएकोमा आपत्ति जनाएको छ । रास्वपा सांसद मनिष झाले सरकारले घिसिङलाई हटाइए हजारौँ कुलमान ल्याउने चेतावनी दिए ।

उलने भने, ‘कुलमान घिसिङ जस्तो कम्पनीलाई फाइदामा पुर्याउनेहरूलाई मूल्याङ्कन जिरोमा गर्छौ । विभिन्न बाहनामा कार्यकर्ता भर्ति गर्न पाइनँ भनेर निष्कासनको बहानाबाजी गरिरहेका छौ । खबरदार भन्न चाहन्छौँ एउटा कुलमान लखेट्यौ भने हजारौँ कुलमान ल्याएर आउछौँ ।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुलमान घिसिङलाई शून्य नम्बर दिएकोमा आपत्ति जनाउँदै उनलाई हटाइए सडक र सदन दुवै स्थानबाट आवाज उठाउने चेतावनी दिए ।

उनले भने, ’अन्धाकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमान घिसिङलाई कारबाही मात्र होइन कि शून्य नम्बर दिने रे । उहाँहरूको बस चल्ने हो भने त भोलि फेल हुनेलाई पास पास हुनेलाई फेल यो कस्तो हो ? कुलमान घिसिङलाई हटाउने प्रपञ्च यहाँ गरिँदै छ । मन्त्रिपरिषद्को निर्णय हुँदै छ भन्ने सुनिँदै छ । यदि हटाइयो भने सदन र सडक दुबैबाट आवाज उठ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी

चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ

काठमाडौँ । चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ

पत्रकारको पास निलम्वन गरेकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ । प्रश्न सोधेका आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश

कुमारी सहकारी हिनामिना प्रकरणमा जिसस म्याग्दीका प्रमुखसहित पाँच जना जेल चलान

म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र